चन्द्रागिरि हिल्समा नेपाल समूहको बैठक : भीड गराएको भन्दै काठमाडौं प्रशासनको स्पष्टीकरण

निषेधाज्ञा उल्लंघन गरेको प्रशासनको भनाइ

काठमाडौँ — माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी बैठक चलिरहेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं जिल्ला प्रशासनले निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै स्पष्टीकरण सोधेको छ । रिसोर्टमा सोमबार बेलुकादेखि उक्त पार्टीको भेला चलिरहेको छ । भेलामा सयभन्दा बढी नेताहरू सहभागी छन् । 

चन्द्रागिरि हिल्समा नेपाल समूहको बैठक : भीड गराएको भन्दै काठमाडौं प्रशासनको स्पष्टीकरण

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाका प्रावधान विपरीत मानिसको भीडभाड गरेको विषयमा रिसोर्ट प्रशासनसँग स्पष्टीकरण सोधिएको बताए ।

'निषेधाज्ञाका प्रावधान उल्लंघन गर्दै मानिस भेला गरेको र आवासीय व्यवस्थाका नाममा मैले आज त्यहाँको रिसोर्ट प्रशासनसँग फोनबाटै जानकारी मागेको छु । यो निषेधाज्ञाविपरीत गतिविधि हो । यसलाई नियन्त्रण गर्न प्रशासन लागिपर्छ,' प्रजिअ पराजुलीले भने ।

एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ सोमबार रिसोर्टमा पुर्‍याएका हुन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसिरहेका छन् ।

प्रकाशित : भाद्र ८, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?