२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ६३८ पीसीआर परीक्षणमा २ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ६ हजार ८० परीक्षणबाट ९३५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ७१८ परीक्षणमा ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ९२२ पुगेको छ ।

प्रकाशित : श्रावण १९, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?