७ जनामा कोरोना देखिएपछि वुहानमा १ करोडभन्दा बढीको परीक्षण गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सबैको परीक्षण गरिने भएको छ । 

७ जनामा कोरोना देखिएपछि वुहानमा १ करोडभन्दा बढीको परीक्षण गरिने

करिब १ करोड १० लाख जनसंख्या रहेको उक्त शहरमा पछिल्लो समय केही व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्न लागिएको हो । वुहानमा पछिल्लो समय ७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय वुहानमा अहिलेसम्मकै बढी संक्रामक मानिएको डेल्टा भेरियन्ट देखिएको हो ।

करिब एक वर्षपछि वुहानमा स्थानीय स्तरमा संक्रमण पुष्टि भएको हो । वुहानले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वमै पहिलो पटक लकडाउनको अभ्यास गरेको थियो ।

चीनमा पछिल्लो १० दिनमा ३ सय जनामा संक्रमण देखिएको छ । जुन केही महिनायताकै बढी हो । चीनमा पछिल्लो समय १५ वटा प्रान्तमा संक्रमण देखिएको छ । फेरि संक्रमण फैलिने डरले ठूलो परिमाणमा परीक्षण र कडा लकडाउन लागू गरिने भएको छ ।

मंगलबार मात्रै चीनमा ९० जनामा संक्रमण पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

प्रकाशित : श्रावण १९, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?