लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोडको बजेट सार्वजनिक [पूर्ण पाठसहित]- समाचार - कान्तिपुर समाचार

लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोडको बजेट सार्वजनिक [पूर्ण पाठसहित]

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार बजेट सार्वजनिक गरेका हुन् । 

चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट वविनियोजन भएको छ । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटन केन्द्रीत छ ।

बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री चौधरीले प्रदेश निजामती सेवाका कर्मचारीका लागि मासिक २ हजार तलब बृद्धिको घोषणा गरेका छन् । बढेको तलब आगामी साउनदेखि लागू हुनेछ ।

यस्तो छ बजेट :

प्रकाशित : असार १, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

महत्वपूर्ण निर्णय गर्न भन्दै यादवले बोलाए जसपा केन्द्रीय कार्यकारिणीको बैठक 

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् । पार्टीभित्र उत्पन्न विवादका विषयमा छलफल गर्न र महत्वपूर्ण निर्णय लिनका लागि बैठक बोलाइएको कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

जसपा अध्यक्ष उपेन्द्र यादव । तस्बिरः दिपेन्द्र राेक्का/कान्तिपुर

पार्टीभित्रको विवादबारे छलफल गर्नका लागि र सरकारमा सहभागी नेताहरूलाई सोधिएको स्पष्टिकरणबारे निर्णय गर्नका लागि कार्यकारिणी बैठक बोलाइएको राईले बताए । असार ३ गते बिहीबार बिहान साढे ११ बजे बैठक बोलाइएको छ ।

बैठकमा अध्यक्ष महन्थ ठाकुर पक्षका सदस्यहरूलाई पनि बोलाइएको तर उनीहरू उपस्थित हुने कि नहुने भन्ने यकिन भइनसकेको अर्का एक कार्यकारिणी समिति सदस्यले बताए ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा बहुमत उपेन्द्र यादवको पक्षमा छ । बहुमत सदस्यको निर्णयले जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ललगायतलाई कारबाही गरिएको थियो । तर उक्त कारबाहीलाई निर्वाचन आयोगले अस्वीकृत गरेपछि जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार :



प्रकाशित : असार १, २०७८ १७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×