सिद्धबाबामा हुने दुर्घटना रोक्न वैकल्पिक सडक

असार १, २०७८

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेश सरकारले सिद्धाबाबा क्षेत्रमा हुने दुर्घटना रोक्नका लागि वैकल्पिक सडक निर्माण गर्नका लागि १० करोड विनियोजन गरेको छ । 

मंगलबार प्रदेशसभामा आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले बजेट प्रस्तुत गर्दै  बुटवलको धागो कारखानादेखि पाल्पाको झुम्सा जोड्ने सडक निर्माण सुरु गर्ने र प्रदेशको योजना अन्तरगत सडकबीचमा आवश्यक पर्ने ३ पुल निर्माण गरी सडक सञ्चालन गर्न बजेट विनियोजन भएको बताएका हुन् ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully