नेपाललाई खोप उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपतिलाई पत्राचार

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन भन्दै पत्राचार गरेकी छन् ।

नेपाललाई खोप उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति भण्डारीद्वारा भारतीय राष्ट्रपतिलाई पत्राचार

कूटनीतिक माध्यममार्फत भारतका राष्ट्रपति कोविन्दलाई नेपालमा खोप उपलब्ध गराउनको लागि पहल गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । उक्त पत्रमा राष्ट्रपति भण्डारीले नेपालको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भारतले गरेको सहयोगलाई लिएर धन्यवाद दिएकी छन् ।

भारतमा दोस्रो लहर आएर भारत आफैं संकटमा परिरहेको बेलामा राष्ट्रपति भण्डारीले खोपको लागि अनुरोध गरेकी हुन् । भारत सरकारले अहिलेसम्म नेपाल सरकारलाई १० लाख खोप अनुदानमा दिइसकेको छ । एक लाख खोप भने भारतीय सेनाले नेपाली सेनालाई सहयोग गरेको थियो । त्यसपछि नेपालले भारतबाट २० लाख खोप खरिद गरेकामा हालसम्म १० लाख खोपमात्र आइपुगेको छ ।

खरिद गरेकै बाँकी १० लाख खोप नेपाल कहिले आउछ भन्ने हालसम्म टुंगो लागेको छैन ।

प्रकाशित : जेष्ठ १२, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?