पर्सामा निषेधाज्ञा जेठ २० सम्मका लागि लम्ब्याइयो 

जेष्ठ १२, २०७८

शंकर आचार्य

पर्सा — पर्सामा निषेधाज्ञा अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ २० गते राति १२ सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । 

‘कोरोना महामारीको चेनब्रेक गर्न निषेधाज्ञा प्रभावकारी भएको ठहर गर्दै बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो,’ उनले भने, ‘आज अन्य केही निर्णय गरिएको छैन ।’ जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा जारी भएकोमा पटक पटक गरी त्यसैलाई निरन्तरता दिइएको हो । 

निषेधाज्ञा जारी भएको तेस्रो सातादेखि जिल्लामा कोरोना महामारीको चेनब्रेक हुँदै गएको संकेत देखिएको छ । विगतमा रहेको ७० प्रतिशत हाराहारीको संक्रमण दर हाल घटेर २० देखि २५ प्रतिशतमा झरेको छ । मृत्युदर पनि क्रमश: ओरालो लाग्दै गएको छ ।

कोरोना भाइरस

शंकर

Link copied successfully