रुपन्देहीमा जेठ २० गतेसम्म निषेधाज्ञा

जेष्ठ १२, २०७८

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देही जिल्लामा जारी निषेधाज्ञा जेठ २० गते सम्म थपिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा अहिले पनि कोरोनाको प्रभाव नघटेको विश्लेषण गर्दै बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

डीसीएमसीको बैठकको सिफारिसमा जेठ २० गते सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । यसअघि निर्धारण गरिएका मापदण्ड अनुसार नै निषेधाज्ञाको अवधी थप भएको जनाउँदै निषेधाज्ञालाई अझै कडाइका साथ लागू गरिने उनले बताए । 

यसअघि संक्रामक ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएकोमा थप गरिएको निषेधाज्ञामा भने कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत कार्यान्वयन हुने तामाङले जानकारी दिए ।

नयाँ अध्यादेशमा सरकारले तोकेको निषेधाज्ञा वा कनैपनि प्रकारको आदेश उल्लंघन गरेमा ६ महिना कैद र ३ लाख सम्म जरिवाना हने व्यवस्था गरिएको उनले बताए । आदेश उल्लंघन गर्नेलाई तत्काल व्यक्तिको हकमा १ लाख र संस्थाको हकमा २ लाख रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था रहेको प्रजिअ तामाङले बताए । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully