७ हजार ५९८ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ६६४ जना निको

जेष्ठ ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । 

देशभर थप १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully