भैरहवामा थप ७ जनाको कोरोनाबाट मृत्यु

जेष्ठ ९, २०७८

माधव ढुंगाना

भैरहवा — कोरोना संक्रमणबाट भैरहवास्थित भीम अस्पताल र युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेका थप ७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना महिला र ४ जना पुरुष छन् ।

भीम अस्पतालमा उपचार गराइरहेका पाल्पाका ३८ वर्षीय पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ५२ वर्षीय पुरुष, रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ६५ वर्षीया महिला र रुपन्देहीको मर्चवारी गाउँपालिका–६ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।

भीम अस्पतालका सूचना अधिकृत डा।नारायण पोखरेलले मृत्यु हुनेको यो संख्या शनिबार रातिदेखि अहिलेसम्मको थप भएको बताए ।

यसैगरि, युनिभर्सल शिक्षण अस्पतालमा पनि शनिबार रातिदेखि अहिलेसम्म रुपन्देहीको ओमसतीया गाउँपालिका–२ की ५० वर्षीया महिला, सिद्धार्थनगर नगरपालिका–८ का ५५ वर्षीय पुरुष र नवलपरासीको बर्दघाट नगरपालिका–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । 

अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले मृतक तीनै जनाको दुवै फोक्सोमा निमोनियाको संक्रमण रहेको बताए । 

कोरोना भाइरस

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully