बुटवलमा कोरोनाबाट थप चारको मृत्यु

जेष्ठ ८, २०७८

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित कोरोना विशेष अस्पतालमा शनिबार थप चार संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन् । 

गत वैशाख २७ गते अस्पतालमा भर्ना भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका २ का ७१ वर्षीय पुरुष,गुल्मीको दरबार गाउँपालिका ५ का ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । 

त्यस्तै, जेठ २ गते भर्ना भएकी रुपन्देहीको बुटवल ११ की ६१ वर्षीया महिला र  शनिबार भर्ना भएकी सियारी गाउँपालीका ५ की ५६ वर्षीया महिलाको ५ :४५ बजे मृत्यु भएको उनले बताए । उनीहरु चारैजना आईसीयूमा उपचाररत थिए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully