कर्णाली सरकारलाई १ हजार ३ सय थान पीपीई हस्तान्तरण

जेष्ठ ८, २०७८

कान्तिपुर संवाददाता

सुर्खेत — सेभ द चिल्ड्रेनले कोरोना संक्रमणबाट जोगाउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई १ हजार ३ सय सेट व्यक्तित सुरक्षा सामग्री (पीपीई) दिएको छ । संस्थाको मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयले शुक्रबार सामाजिक विकास मन्त्रालयलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको जीवन रक्षाको लागि सरकारी तथा गैरसरकारी निकाय र नागरिक समाजले हातेमालो गर्नुपर्ने बताए । व्यक्तिगत सुरक्षा सामग्रीले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य अग्रपंक्तिमा खटेका पेशाकर्मीलाई राहत पुग्ने उनले बताए ।

सेभ द चिल्ड्रेनका मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयका कार्यक्रम प्रवन्धक अरुणकान्त पौडेलले यसअघि पनि ग्लोबल फन्डअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा अक्सिजन कन्सनट्रेटर, आइसीयू बेड, पीपीईलगायत आधारभूत स्वास्थ्य सामग्रीहरू प्रदेश सरकारलाई प्रदान गरिएको बताए ।

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully