कोरोना संक्रमणबाट कपिलवस्तुमा थप ३ जनाको मृत्यु

जेष्ठ ८, २०७८

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा कोरोना भाइरस संक्रमणबाट शनिबार तीन जनाको मृत्यु भएकोछ । बुद्धभूमि नगरपालिका-८ का ४२ वर्षीय पुरुष र कपिलवस्तु नगरपालिका– २ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै, यशोधरा गाउँपालिका–४ का ५५ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । उनीहरुको सदरमुकामस्थित तौलिहवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५२ पुगेको छ । यहाँ शनिबार नयाँ ११ जना संक्रमित थपिएर सक्रिय संक्रमित एक हजार ३ सय ८६ पुगेको छ ।

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully