मोरङ — विराटनगरमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा ८ जना कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो ।
विराटनगर १० का ७७ वर्षीय पुरुष, विराटनगर ९ का ६७ वर्षीय पुरुष र उर्लाबारी नगरपालिका ७ की ५८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।
यस्तै, विराटनगर महानगर ८ का ६४ वर्षीय पुरुष, विराटनगर ५ की ५२ वर्षीया महिला, विराटनगर १ का ४५ वर्षीय पुरुष र सुनसरीको इटहरी उपमहानगर २ की ५५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
यस्तै, सप्तरीको ५३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको विराट मेडिकलका कोभिड अस्पताल इन्चार्ज डा. सुनिल देवले बताए ।
