कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उच्च अदालतका दुई न्यायाधीशसहित पर्सामा थप ८८ जनामा कोरोना

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका दुई जना न्यायाधीशसहित थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उच्च अदालतका दुई न्यायाधीशसहित पर्सामा थप ८८ जनामा कोरोना

अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासका अनुसार एक सय ९२ जनाको स्वाब परीक्षण गर्दा ८८ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये ७९ जना पर्साका, ७ जना बारा र एक/एक जना रौतहट र रुकुमका हुन् । उच्च अदालतका स्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार दुई जना न्यायाधीशसहित १३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

‘न्यायाधीश, कर्मचारी, सुरक्षाकर्मीसहित १ सय १० जनाको स्वाब संकलन गरिएको थियो,’ स्रेस्तेदार कटेलले भने, ‘अस्पतालले दिएको जानकारी अनुसार ८६ जनाको स्वाब परीक्षण हुँदा १५ जनामा संक्रमण पुष्टि भएको छ ।’

न्यायाधीश र कर्मचारी संक्रमित भएपछि बिहीबार उच्च अदालतको काम कारबाही प्रभावित बनेको छ । पेसीमा चढेको मुद्दाको कजलिस्ट समेत सार्वजनिक भएको छैन । बार एसोसिएसनका पदाधिकारीसँग समन्वय गरी संवेदनशील समयमा कसरी अगाडि बढ्ने विषयमा छलफल गरिने स्रेस्तेदार कटेलले जनाए ।

प्रकाशित : वैशाख ९, २०७८ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?