कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

‘नेपालमा कोरोना संक्रमण समुदायस्तरमा द्रुत गतिमा फैलिरहेको छ’ 

काठमाडौँ — जनस्वास्थ्यविदहरूले नेपालमा कोरोना संक्रमण समुदायस्तरमै द्रुत गतिमा फैलिइरहेको बताएका छन् ।  मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै काठमाडौँ विश्वविद्यालय जनस्वास्थ्य विभागकी सह-प्राध्यापक डा. अर्चना श्रेष्ठले अघिल्लो हप्ताको दाँजोमा १६२ प्रतिशतले संक्रमणको संख्यामा वृद्धि भएको बताइन् ।

‘नेपालमा कोरोना संक्रमण समुदायस्तरमा द्रुत गतिमा फैलिरहेको छ’ 

उनले आउँदो हप्तामा अझै तीव्र गतिमा कोरोना संक्रमण बढ्न सक्ने संकेत देखिएको बताउँदै पोजिटिभिटी रेट बढ्दै गइरहेको बताइन् । उनका अनुसार ५ प्रतिशत नै पोजिटिभिटी रेट बढी भएका मानिन्छ । डा. श्रेष्ठ भन्छिन् –‘टेस्ट पोजिटिभिटी रेट बढ्दै गइरहेको छ । ५ प्रतिशत भन्दा बढी भइसकेको छ । समुदायमा द्रुत गतिमा यो भाइरस फैलिरहेको छ ।’

उनले पहिलो लहरको तुलनामा दोस्रो लहरमा २५ देखि ३४ वर्ष र ५ देखि १४ वर्षको उमेर समूहलाई पहिलाको भन्दा बढी संक्रमण देखिएको बताइन् । पहिलो लहरमा ६५ प्रतिशत पुरुषमा र ३६ प्रतिशत महिलामा संक्रमण देखिएको थियो भने दोश्रो लहरमा ४० प्रतिशत महिला र झण्डै ६० प्रतिशत पुरुषमा संक्रमण फैलिएको छ । उनका अनुसार महिला र पुरुषमा संक्रमणको प्रतिशत जति नजिक भयो त्यति नै समुदायमा संक्रमण फैलिएको आकलन गर्न सकिन्छ ।

पछिल्लो समय कोरोनाको नयाँ प्रकार बेलायती स्वरूप नेपालमा फैलिरहेको छ । जसबाट स‌ंक्रमण ४३ देखि ९० प्रतिशतसम्म छिटो फैलिने र मृत्युको जोखिम ६४ प्रतिशतले बढी हुने दाबी गरिएको छ । ।

प्रकाशित : वैशाख ८, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?