१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेपालगन्जमा बुधबार रातिदेखि लकडाउन  

अत्यावश्यकबाहेक सबै सेवा बन्द
रुपा गहतराज

नेपालगन्ज — जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको छ । 

नेपालगन्जमा बुधबार रातिदेखि लकडाउन  

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको नियन्त्रणका लागि बुधबार राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक निषेध गरिएको बताए।

‘दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यास पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने छन्,’ प्रमुख जिल्ला अधीकारी गेलालले भने,‘ जसमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छन् ।’

अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थ समेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेमा एक हजार बढी संक्रमित हुँदा नेपालगन्ज उपमहानगरपालिकाभित्रका ७ सय ३५ जना संक्रमित रहेका छन् ।


प्रकाशित : वैशाख ८, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?