कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कर्णाली प्रदेश : एमालेका तीन मन्त्रीले दिए राजीनामा

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।

कर्णाली प्रदेश : एमालेका तीन मन्त्रीले दिए राजीनामा

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिएलगत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा तीनै जना मन्त्री सहभागी भएका छन् । पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी गराउँदै मन्त्रीहरुले दलको बैठकमा नै आफ्ना अडानका विषयमा छलफल र बहस गर्ने जनाएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका एमालेतर्फका मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशसभामा ४० जना सांसदमध्ये माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारबाही गरेको पत्र संसद्मा बुझाएपछि हाल प्रदेशसभामा ३९ जना सांसद छन् । यीमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

प्रकाशित : चैत्र २४, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?