२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

२४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । 

२४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण

यस्तै,पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित मिडिया ब्रिफिङमा २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।

मंगलबारसम्म देशभर संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ छ । यस्तै,१ सय २२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ १३, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?