संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केहीबेर 'बाझाबाझ'

काठमाडौँ — प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको छ । 

संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केहीबेर 'बाझाबाझ'

आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभन भएको हो । इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो ।

श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यसबारे बहस नगर्न भन्ने कुरा उठाएका थिए । लगत्तै सरकारी वकिलको तर्फबाट महान्यायधिवक्ता अग्नी खरेल, वरिष्ठ अधिवक्ता सुशिल पन्त अनि नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरे ।

त्यस क्रममा दुवै पक्षबीच भनाभान जस्तो भएको थियो । इजलाशले पछि समय दिने भनेपछि श्रेष्ठ पछि हटे । सरकारी वकिलहरु पनि आ-आफ्नो स्थानमा बसे । पालो अनुसार निवेदकमध्येका एक वरिष्ठ अधिवेक्ता दीनेश त्रिपाठीले बहस सुरु गरेका थिए ।

प्रकाशित : माघ ११, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?