संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केहीबेर 'बाझाबाझ'

माघ ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको छ । 

आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभन भएको हो । इजलाशले निवदेनको विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो । 

श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यसबारे बहस नगर्न भन्ने कुरा उठाएका थिए । लगत्तै सरकारी वकिलको तर्फबाट महान्यायधिवक्ता अग्नी खरेल, वरिष्ठ अधिवक्ता सुशिल पन्त अनि नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरे ।  

त्यस क्रममा दुवै पक्षबीच भनाभान जस्तो भएको थियो । इजलाशले पछि समय दिने भनेपछि श्रेष्ठ पछि हटे । सरकारी वकिलहरु पनि आ-आफ्नो स्थानमा बसे । पालो अनुसार निवेदकमध्येका एक वरिष्ठ अधिवेक्ता दीनेश त्रिपाठीले बहस सुरु गरेका थिए । 

संसद् विघटन

कान्तिपुर

Link copied successfully