प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै इजलासमा प्रश्न

माघ ११, २०७७

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभा विघटनबारे सुनुवाइ जारी रहेकाे संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए । उनले प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा सर्वोच्च अदालतको विषयमा हस्तक्षेप हुनेगरी अभिव्यक्ति दिइरहेको बताएका थिए ।

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बजारका कुरा सुनिसाध्य नभएको बताए । उनले इजलासमा उठेका विषय मात्रै सुन्ने जवाफ दिएका थिए । 

'अहिले बजारमा थुप्रै विषय आएका छन् । बजारको कुरो सुन्यो भने सबैलाई यहीँ ल्याएर जम्मा गर्नुपर्ने अवास्था छ । वर्तमान, पूर्व सबैलाई यहाँ नै ल्याएर जम्मा गर्नुपर्ने अवस्था छ, फेरि ठाउँ नहोला,' जबराले भने । 

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर तमासा भइरहेको अभिव्यक्ति दिएका थिए ।  

संसद् विघटन

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully