२४ घण्टामा ३१८ संक्रमित थपिए, ३८३ कोरोनामुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ ।

२४ घण्टामा ३१८ संक्रमित थपिए, ३८३ कोरोनामुक्त

त्यसैगरी २४ घण्टामा ३८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय ९३ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २६ हजार ७ सय २६ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ७२ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ जना रहेको छ ।

प्रकाशित : माघ ७, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?