बक्यौता रकम नपाएपछि उखु किसान प्रदर्शनमा

तस्बिर : केशव थापा

काठमाडौँ — चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएकाे भन्दै सर्लाहीका उखु किसानहरुले प्रदर्शन गरेका छन् । बक्याैता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

बक्यौता रकम नपाएपछि उखु किसान प्रदर्शनमा

उनीहरू 'श्रम, पसिनाकाे मूल्य पाउँ', 'किसानहरू मार्न पाइँदैन' लगायतका विभन्न नारा लेखिएका प्लेकार्डहरू बाेकेर प्रदर्शनमा उपस्थित थिए ।

रकम भुक्तानीको माग गर्दै किसानहरु काठमाडौंमा आन्दोलन गरेपछि मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग ५ बुदे सम्झैता गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि किसानहरुले अझै उखुको पैसा पाएका छैनन् ।

प्रकाशित : मंसिर २८, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?