२४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।  

२४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९० हजार ५०९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २१० पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १६ हजार ६३९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६६९ जना रहेका छन् ।

२४ घण्टामा ३ हजार १४० कोरोनामुक्त, २८ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ७ हजार ९९८ पुगेको छ ।

साथै २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।

प्रकाशित : मंसिर १०, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?