बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

आश्विन १३, २०७७

रुपा गहतराज

बाँके — बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सोमबार राति उपचारका क्रममा दुई जनाको मृत्यु भएको  बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

उपचारकै क्रममा कोहलपुर नगरपालिका १० का ५३ वर्षका पुरुष र नेपालगंन्जका ४१ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो ।

नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन् । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully