२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पर्साका कोरोना संक्रमित स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु

भूषण यादव

वीरगन्ज — पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाण्डाँैमा मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार महोत्तरी निवासी जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५८ वर्षीय अहेब रामशिकल साहको सोमबार मृत्यु भएको हो ।

पर्साका कोरोना संक्रमित स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु

जिल्ला जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार काठमाण्डौंको बुढानिलकण्ठस्थित करुणा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

सुत्केरी छोरी भेटन करिब एक महिनाअघि भारत बिहारको माधोपुर पुगेका साहको स्वास्थ्यमा समस्या देखिएपछि उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । माधोपुरबाट फर्किएर उनी एक हप्ता जनकपुरको कोरोना अस्पतालमा भर्ना भएका थिए । जनकपुरमा दोस्रो पटक स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्यमा सुधार भने देखिएको थिएन ।

आफन्तले थप उपचारका लागि उनलाई काठमाडौं लगे । जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य प्रमुख परबेन्द्र साहका अनुसार काठमाडौंको करुणा अस्पताल भर्ना भएका साहको पुन: स्वाब परीक्षण गर्दा असोज ७ गते कोरोना पाजिटिभ देखिएको थियो । भेन्टिलेटरमा राखि उपचार भइरहेको साहको चौथो दिन सोमबार मृत्यु भएको साहले जनाए ।

प्रकाशित : आश्विन १२, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?