बाँकेमा होम आइसोलेसनमा रहेकी जाजरकोटकी कोरोना संक्रमितको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा होम आइसोलेसनमा बस्दै आएकी जाजरकोटकी कोरोना सक्रमितको मृत्यु भएको छ । नेपालगंन्ज मेडिकल कलेज कोहलपुरमा जाजरकोट जुनीचदी–५ की ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा होम आइसोलेसनमा रहेकी जाजरकोटकी कोरोना संक्रमितको मृत्यु

उनी जाजरकोटमा बिरामी भएपछि नेपालगंन्ज आएकी थिइन् । कोहलपुरमा उनका छोरा बस्दै आएका छन् । उनको असोज ६ गते कोरोना पुष्टि भएको थियो । होम आइसोलेसन बसेकै बेला स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैँजादै गर्दा उनको मृत्यु भएको थियो ।

६० वर्ष माथिकालाई होम आइसोलेसनमा राख्न पाउने प्रावधान भएपनि कसैसँग समन्वय नगरेर ती महिलालाई होम आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङले बताए ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?