कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ७ सय ४२ कोरोना संक्रमित निको भए

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार नाघेको छ ।

२४ घण्टामा ७ सय ४२ कोरोना संक्रमित निको भए

नेपालमा सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । आइतबार नेपालमा कोरोनाबाट ८ सय ८५ जना निको भएका थिए ।

यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?