झापाका एक कोरोना संक्रमितको नोबेल अस्पतालमा मृत्यु

आश्विन १२, २०७७

मोरङ — विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत झापाको गौरादह नगरपालिकाका कोरोना संक्रमित ५२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ ।

मधुमेह र उच्च रक्तचापले पीडित उनलाई ज्वरो, खोकी लागेपछि उपचारका लागि असोज ३ गते अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि उनको संकलन गरिएको स्वाबको असोज ६ गते रिपोर्ट पोजिटिभ आएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

उनलाई आईसियूमा राखेर उपचार गर्दासमेत बचाउन नसकिएको दाहालले बताए । उनीसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।  

कोरोना भाइरस

Link copied successfully