कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत धरान-२ की कोरोना संक्रमित ३८ वर्षीया महिलाको आइतबार मृत्य भएको छ ।

धरानकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार असोज ११ गते राति करिब साढे ११ बजे आकस्मिक कक्षमा पुर्‍याइएको थियो । तत्कालै प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट देखिएको थियो । दीर्घरोग नदेखिएपनि आकस्मिक कक्षमा परीक्षण गर्दा मृतक महिलामा अत्यधिक ब्लड सुगर देखिएको अस्पतालले जनाएको छ ।

निमोनियासहित ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि प्रतिष्ठानमा उपचारका लागि पुर्‍याएको करिब ६ घण्टामा महिलाको मृत्य भएको प्रतिष्ठानले जनाएको छ ।

मृतक महिलाको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकलअनसार भइरहेको प्रवक्ता सापकोटाले बताए । योसहित धरानमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ भने प्रतिष्ठानमा उपचार गर्दा गर्दै मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

यसैबीच धरानमा सोमबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीमा ३३ जना संक्रमित थपिएका छन् । ती मध्ये धरानका १४ जना, इटहरीका १० जना र दुहबीका ९ जना रहेको जिल्ला कोभिड संयोजक दीक्षा श्रेष्ठले बताइन् ।

प्रकाशित : आश्विन १२, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?