कोरोनाबाट विश्‍वभर मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख  नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म भाइरसका कारण १० लाख ५ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट विश्‍वभर मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड ३२ लाख ७३ हजार नाघेको छ ।

कुल संक्रमितमध्ये २ करोड ३० लाखभन्दा बढी निको भएका छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको जनाइएको छ । भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ ।

अमेरिकामा भाइरसका कारण २ लाख ५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ७१ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

भारतमा ६० लाख ७४ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् भने ९५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित : आश्विन १३, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?