कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पा पहिराे : बेपत्तामध्ये ३ जनाकाे शव फेला

माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिका-२ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ जनामध्ये शुक्रबार दिउँसो ३ जनाकाे  शव भेटिएको छ । बिहीबार बिहान पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका थिए । 

पाल्पा पहिराे : बेपत्तामध्ये ३ जनाकाे शव फेला

१७ वर्षीया कृष्णामाया गाहा (छोरी), ८ वर्षीया लक्ष्मी गाहा (छोराको छोरी नातिनी) र १४ वर्षीया खुमीसरा गाहा (छोरीको छोरी) काे शव फेला परेकाे प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । ।

पहिरोमा पुरिएर ६३ वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ४७ वर्षीया धनीसराकाे खाेजीकार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ । नेपाली सेना, प्रहरी र प्रहरी बल, स्थानीय बासिन्दा खाेजी कार्यमा जुटेका छन् । निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानबाट मात्रै बेपत्ताहरुको खोजी सुरु भएको हो ।

उद्धार गर्न गएको टोली नै बीच बाटोमा रोकिएको थियो । शुक्रबार वर्षा रोकिएकाले हिँडेरै उद्धार टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ताँहुबाट फोक्सिङकोट जाने सडकमा खसेको पहिरो पन्छाउन भने अझै सकिएको छैन । दुई घण्टा हिँडेर टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा खोजी कार्य जारी राखेको उनले बताए ।

प्रकाशित : आश्विन ९, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?