३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वर्षा रोकिएपछि पाल्पाको फोक्सिङकोट पहिरोमा पुरिएकाको खोजी सुरु 

माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोट बेलौजामा पहिरोमा पुरिएकाको खोजी कार्य शुक्रबार बिहानदेखि सुरु भएको छ । प्रहरी नायब उपरीक्षक मदन गिरीको नेतृत्वमा जनपद प्रहरी र सशस्त्र प्रहरी, स्थानीय बासिन्दाले खोजी कार्य सुरु गरेका हुन् । 

वर्षा रोकिएपछि पाल्पाको फोक्सिङकोट पहिरोमा पुरिएकाको खोजी सुरु 

आर्यभन्ज्याङ–रामपुर सडक अवरुद्ध हुनुका साथै भित्री कच्ची सडकमा पहिरो खसेकाले बिहीबार उद्धारमा समस्या भएको थियो । उद्धार गर्न गएको टोली नै बीच बाटोमा रोकिएको थियो । शुक्रबार वर्षा रोकिएकाले हिँडेरै उद्धार टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ताँहुबाट फोक्सिङकोट जाने सडकमा खसेको पहिरो पन्छाउन भने अझै सकिएको छैन । दुई घण्टा हिँडेर टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा खोजी कार्य जारी राखेको उनले बताए ।

वडाध्यक्ष उमानसिंह सारुका अनुसार प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहिरोले पुरिएको स्थानमा बेपत्ताको खोजी जारी राखेको छ ।

पहिरोमा पुरिएर ६० वर्षीय हुमबहादुर गाहा, ५० वर्षीया धनीसरा गाहा, १७ वर्षीया कृष्णामाया गाहा (छोरी) आठ वर्षीया लक्ष्मी गाहा (छोराको छोरी नातिनी) र १४ वर्षीय खुमीसरा गाहा (छोरीको छोरी) बेपत्ता छन् । बेलौजामा ३ घर पहिरोले पुरिएको छ भने १७ घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

प्रकाशित : आश्विन ९, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?