१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो : एक जनाको मृत्यु, ५ जना अझै बेपत्ता

माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ सुरुमडाँडामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले वीरबहादुर गाहाकी २७ वर्षीया श्रीमती मोतिसरा गाहाको मृत्यु भएको जानकारी दिए । वीरबहादुर पहिरो खस्दाखस्दै भागेर ज्यान जोगाउन सफल भएका छन् ।

त्यस्तै रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । उनीहरुको उद्धार गर्ने प्रयास भइरहे पनि पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

प्रकाशित : आश्विन ८, २०७७ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?