पाल्पाको रम्भा गाउँपालिकामा पहिरो : एक जनाको मृत्यु, ५ जना अझै बेपत्ता

आश्विन ८, २०७७

माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ सुरुमडाँडामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले वीरबहादुर गाहाकी २७ वर्षीया श्रीमती मोतिसरा गाहाको मृत्यु भएको जानकारी दिए । वीरबहादुर पहिरो खस्दाखस्दै भागेर ज्यान जोगाउन सफल भएका छन् ।

त्यस्तै रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । उनीहरुको उद्धार गर्ने प्रयास भइरहे पनि पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । 

बाढी-पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully