स्याङ्जाको वालिङमा पहिरोमा परी एकैघरका ५ जनाको मृत्यु

आश्विन ८, २०७७

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङजाको वालिङ नगरपालिका– १४ तमादीमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् । उमा उक्त घरमा पाहुना बस्न गएकी थिइन् । पहिरोमा परी अझै ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

माया नेपालीकी छोरी मनिषाको जीवितै उद्धार गरी उपचारका लागि वालिङ अस्पताल पठाइएको छ । वालिङ अस्पतालमा प्राथमिक उपचारपछि उनलाई पोखरा पठाइएको छ ।

त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको पनि पहिरोमा परी मृत्यु भएको छ ।

बाढी-पहिरो

प्रतीक्षा

Link copied successfully