स्याङ्जामा पहिरोमा परी २ जनाको मृत्यु, ८ जना बेपत्ता

आश्विन ८, २०७७

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङजाका विभिन्न ठाउँमा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको पनि पहिरोमा परी मृत्यु भएको छ ।

स्थानीय बाबुराम दमाई र जगतबहादुर दमाईको घरमाथिबाट खसेको पहिरोले दुवै जनाको घर पूर्णरुपमा क्षति पुर्‍याएको छ । विष्णु बाबुरामका छोरा हुन् । राती २ बजे आएको पहिरोले विष्णुलाई पुरेको थियो । बिहान साढे ५ बजे उनलाई उद्धार टोलीले मृत अवस्थामा भेटाएको डीएसपी अधिकारीले बताए ।

एक जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको छ । प्रहरीका अनुसार परिवारका ८ जना सदस्य भने बेपत्ता छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा जुटेको डीएसपी अधिकारीले बताए ।

यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृतकको नाम नखुलिसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । 

बाढी-पहिरो

प्रतीक्षा

Link copied successfully