बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु

आश्विन ५, २०७७

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्प्तालमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा इनरुवा-४ बस्ने ४९ वर्षीया महिला र झापाको मेची नगरपालिका-८ की ७२ वर्षीया महिला रहेका छन् । 

इनरुवा निवासी महिलाको सोमबार बिहान र मेचीनगरकी महिलाको आइतबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएका कोरोना संक्रमितको संख्या ३० जना पुगेको छ । 

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार इनरुवाका महिलालाई उच्च रक्तचाप, मधुमेह र मृगौलामा समस्या भएपछि भदौ ३० गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

यसैगरी झापाको मेची नगरका महिलामा स्वासप्रश्वासको समस्या, छाति दुख्ने, निमोनियाको लक्षण देखिएपछि थियो ।

कोरोना भाइरस

Link copied successfully