बुटवलको कोरोना अस्पतालमा एक संक्रमितको मृत्यु

आश्विन ३, २०७७

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल–१० का ६९ वर्षीय पुरुषको शनिबार बिहान एक बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले बताए ।

डाक्टर गौतमका अनुसार कोरोना पुष्टि भएपछि उनी गत भाद्र २२ गते अस्पताल भर्ना भएका थिए । ती पुरुषमा निमोनियाको समस्या देखिएको थियो ।

अक्सिजन दिई उपचार चलिरहेको अवस्थामा श्वासप्रश्वासमा समस्या भइ मृत्यु भएको डाक्टर गौतमले जानकारी दिए ।  

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully