भैरहवाको भिम अस्पतालमा एक संक्रमितको मृत्यु

भाद्र १७, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भिम अस्पतालमा बुधबार एक संक्रमितको मृत्यु भएको छ । अस्पतालमा दिउँसो ३ :३५ बजे हृदयघात भई ५७ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । ती पुरुषमा भदौ १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनका अनुसार गत भदौ १५ गते भीम अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका ६ का ५७ वर्षीय संक्रमितको मृत्यु भएको हो । उनी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर भई भिममा भर्ना गरिएका थिए ।

'बिरामी चिच्याएर भुइँमा लडेको अवस्थामा पुगियो,' उनले भने, 'व्यवस्थापन गर्दागर्दै मृत्यु भयो ।' मृतकको ०६६ सालमा मुटुको शल्यक्रिया भएको र औषधि सेवन गर्ने गरेको उनले जनाए । 

उक्त अस्पतालमा यसअघि २ संक्रमितको मृत्यु भइसकेको छ । भिम अस्पतालमा १९ संक्रमित सामान्य कक्ष र ३ संक्रमित आईसीयूमा उपचाररत छन् । 

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully