केन्द्रीय कारागारका थप ६ जना कैदीबन्दीमा कोरोना

भाद्र १२, २०७७

मातृका दाहाल

काठमाडौँ — केन्द्रीय कारागारमा रहेका थप ६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । बुधबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार उनीहरुमा संक्रमण देखिएको हो ।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार केन्द्रीय कारागारतर्फ ४ जना र भद्र बन्दी गृहका २ जना कैदीबन्दीमा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई केन्द्रीय कारागार भित्रै रहेको अस्थायी आइसोलेसन सेन्टरमा राखिएको छ । अस्पतालको आइसोलेसनमा पठाउने तयारी भइरहेको बाँस्कोटाले बताए ।

यसअघि केन्द्रीय कारागारकै प्रहरी र कैदीबन्दी गरी २९ जनामा कोरोना संक्रमण देखिएको थियो । शुक्रबार ६ जना थपिएसँगै कारागारमा रहेका कोरोना संक्रमित कैदीबन्दी र सुरक्षाकर्मीको संख्या ११९ पुगेको छ । त्यसमध्ये ४८ जना सक्रिय संक्रमित हुन् ।

सम्बन्धित समाचार :

कोरोना भाइरस

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully