बाँकेमा हालसम्म ६ सय ९३ जना कोरोनामुक्त

भाद्र १२, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा अहिलेसम्म ६ सय ९३ जना संक्रमित निको भएर घर फर्किएका छन् । शुक्रबार ८५ वर्षीय वृद्धसहित थप ११ जना संक्रमित डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्याल बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । जसमध्ये ३ जना महिला र ८ जना पुरुष रहेका छन् । उनीहरु ६ जना कोहलपुरका र ५ जना नेपालगन्जका हुन् । 

बाँकेमा कुल कोरोना संक्रमितको संख्या ९ सय ५६ पुगेको छ । पछिल्लो पटक बढी संक्रमित हुनेमा नेपाली सेना, चिकित्सक र सरकारी कर्मचारी रहेका छन् ।

अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा सञ्चालनमा रहेका विभिन्न आइसोलेसनमा २ सय ५७ जना बसिरहेका छन् ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully