बुटवल — रुपन्देहीमा शुक्रबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये २९ पुरुष र २३ महिला रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए ।
उनका अनुसार शुक्रबार सबैभन्दा धेरै बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगरपालिकामा १७/ १७ जनामा संक्रमण देखिएको छ ।
ओमसतिया गाउपालिकामा ८ र तिलोत्तमा नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै मायादेवी र शुद्धोधन गाउँपालिकाका २/२ जना पनि संक्रमित भएका छन् । यससँगै जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या ८ सय ३५ पुगेको छ । संक्रमितमध्ये ४ सय ९७ जना उपचारमा छन् । ८ जनाको मृत्यु भएको छ ।
