कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु

पर्सामा मृतकको संख्या २३ पुग्यो

भाद्र ३, २०७७

भूषण यादव

वीरगन्ज — वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

विर्ताका ८४ वर्षीय पुरुष गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ 

यसैगरी भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न साढे ३ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो । नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजिटिभ आएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोना भाइरस

भूषण

Link copied successfully