बीपी प्रतिष्ठानमा कोरोनाबाट मोरङकी ६७ वर्षीया महिलाको मृत्यु

भाद्र ३, २०७७

सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मंगलबार राति मृत्यु भएको छ ।

मोरङको बुढीगंगा २ बस्ने ६७ वर्षीया ती महिलालाई साउन २५ गतेदेखि उच्च ज्वरो, अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा लगिएको थियो ।

विराट मेडिकल कलेजले रोग पहिचान गर्न नसकेपछि  भदौ २ गते मंगलबार बिहान बीपी प्रतिष्ठानमा रिफर गरेको थियो ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर भई प्रतिष्ठान आएको र उनमा मुटुको पनि समस्या रहेको थियो । 

कोरोना भाइरस

Link copied successfully