कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीद्वारा 'सांकेतिक राजीनामा'

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विरोध जनाउनका लागि 'सांकेतिक राजीनामा' दिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले आफ्नो रोष प्रकट गर्न सामूहिक रुपमा नै 'सांकेतिक राजीनामा' दिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताएका छन् ।

नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीद्वारा 'सांकेतिक राजीनामा'

७ वटा अस्पताल चहार्दाचहार्दै पनि उपचार नपाएर मृत्यु भएकी वीरगन्ज महानगरपालिका–२ छपकैया निवासी विष्णु लामाका आफन्त र स्थानीयले गत आइतबार विरोध प्रदर्शन गरेका थिए । उनीहरुले नारायणी अस्पताल परिसरमा रहेको कोरोना बुथ र एकजना चिकित्सकको निजी कारमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । पछिल्लो ६ दिनयता वीरगन्जमा उपचार नपाएर ४ जनाको मृत्यु भएको छ ।

त्यही दिन साँझ चिकित्सक र स्वास्थ्यकर्मीले मेसुलाई काम गर्न सक्ने अवस्था नभएको भन्दै राजीनामा बुझाएका थिए । मेसुले उक्त राजीनामा साउन २५ गते नै प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।

‘सुरक्षा व्यवस्था कडा पार्नका लागि सांकेतिक राजीनामा हो,’ मेसु उपाध्यायले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मी काममै छन् ।’ यसैबीच अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंहले सुरक्षाको उचित व्यवस्था मिलाउन दबाब सिर्जना गरिएको बताए ।

‘काम नगर्नका लागि सामूहिक राजीनामा दिएको हैन्,’ उनले भने, ‘अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई सुरक्षाको उचित व्यवस्था मिलाउन र अन्य आवश्यक विषयमा दबाब दिन त्यो सांकेतिक विरोध हो । तर, कर्मचारीहरुले हालको परिस्थतीलाई मध्यनजर गर्दै वास्तविक रुपमै राजीनामा दिएको हैन ।’

प्रकाशित : श्रावण २८, २०७७ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?