कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

रुपा गहतराज

नेपालगन्ज — कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

'एकैदिन धेरै जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि ३ दिनसम्म बाँके जिल्लाभरि पूर्णरूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौं' प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने,‘अत्यावश्यक काम बाहेक आदेश उल्लंघन गर्नेलाई पक्राउ गरिने छ ।’

जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएको देखिएकाले संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन तिन दिनसम्म बाँके जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रजिअ कुरुम्बाङले बताए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने आदेश भएको उनले बताए ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ । पछिल्लो पटकको 'रेन्डम सेम्पलिङ' गर्दा ट्राभल हिस्ट्री नभएकाहरुमा कोरोना देखिएको हो ।

कन्टयाक्ट ट्रेसिङका क्रममा बिहीबार मात्र आन्तरिक राजस्व कार्यालयका ९ सहित, जिल्ला अदालत र त्रिभुनचोकको मिठाइ पसलका गरी थप ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि नै दुईजनामा संक्रमण देखा परिसकेको थियो । ११ जना कर्मचारीसहित बाँकेका २७ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल, नेपालगन्जले ३६ जना कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा आन्तरिक राजस्व कार्यालयका ११ जना, नेपालगन्जका १६ जना, बर्दियाका ७ र दाङमा २ जना परेका हुन् ।

नेपालगन्जको वडा नम्बर ११ त्रिभुवनचोक आसपासका १३ जनामा कोरोना देखिएको छ । वडा नम्बर १०, वडा नम्बर १३ र १९ नम्बरका एक/एकजना रहेका छन् ।

आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमध्येमा ४ जना बाँके, सुर्खेतका दुईजना, बर्दिया तथा अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक/एक जना रहेका छन् ।

प्रकाशित : श्रावण १५, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?