कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘कतैबाट उद्धार नहुने देखेपछि गाडी छोडेर भागेँ’

काठमाडौँ — लगातारको वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो खसेको हो ।

‘कतैबाट उद्धार नहुने देखेपछि गाडी छोडेर भागेँ’

गजुरी, मझिमटार, गल्छीलगायतका ठाउँमा पहिरो खसेको धादिङका एसपी रवीन्द्र रेग्मीले बताए । त्यस्तै जवाङ खोलामा आएको बाढीले केही गाडी पनि बगाएको छ । एसपी रेग्मीका अनुसार गजुरीमा १७ वर्षीया युवती पहिरोमा परी बेपत्ता भएकी छिन् ।

‘कतैबाट उद्धार नहुने देखेपछि गाडी छोडेर भागेँ’

राजेन्द्र अधिकारी

प्रत्यक्षदर्शी

आफ्नै गाडी लिएर बिहान म काठमाडौंबाट चितवन जानका लागि हिँडेको थिए । मझिमटार कटेपछि जोगीमारानेर पहिरो गयो । एकातिर मात्रै पहिरो गएको भए फर्किनु हुन्थ्यो । तर अगाडि र पछाडि दुवैतिर पहिरो गएपछि हामी बीचमै फस्यौं । त्यसरी फस्नेहरुको संख्या करिब डेढ सय थियो । कोही त गर्भवती र सुत्केरी महिलाहरु पनि थिए । हामीले हेर्दा हेर्दै चारवटा गाडी पहिरोले बगायो । जसमा २ वटा कुखुराको दाना बोक्ने गाडी पनि बगे ।

घन्टौंसम्म हामी बीचमा अडकियौं । न पछाडि फर्किन सक्ने न अगाडि बढन सक्ने । करिब ४ घण्टा हामी पहिरोको बीचमा फस्यौं । कतैतिरबाट पनि उद्धार हुने छाँटकाँट नदेखेपछि म बा २० च ८१४८ नम्बरको गाडी त्यही छोडेर ज्यानको माया मारेर पहिरोको लेदो हुँदै पछाडि फर्किएँ । घुँडाघुँडासम्म पहिरोको लेदो थियो । खोला उर्लिएको थियो ।

यसरी जोखिम मोलेर ५० जना जति सुरक्षित ठाउँमा आए पनि अन्य कैयौं मान्छे पहिरोका बीचमा फसेका छन् । माथिबाट पहिरो आएर छोप्छ कि भन्ने डरमा छन् ।

प्रकाशित : श्रावण ५, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?