लगातारको वर्षाले पृथ्वी राजमार्ग भत्कियो

श्रावण ५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको सडक भत्काएको छ ।

चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङले बताए । 

उनका अनुसार मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध छ । उनले टेलिफोनमार्फत कान्तिपुरलाई भने, 'सडक नै बगाएको छ । मान्छेसमेत ओहोरदोहोर गर्नसक्ने अवस्था छैन । गाडी गुड्ने त कुरै छाडौं !' 

पहिरोले वडाध्यक्ष गुरुङको ३ वटा घर बगाएको छ भने त्रिशुलीपट्टीका घरहरु जोखिममा परेको छ । उनले भने, 'पानी रोकिएको छैन । यहाँका स्थानीय के गर्ने र कसो गर्ने भनेर अत्तालिएका छन् । किरानाका सामानहरु सुरक्षित ठाउँमा सार्न थालिएको छ ।'

राजमार्ग अवरुद्ध

कान्तिपुर

Link copied successfully