राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड एकतर्फी सञ्‍चालनमा

सिद्धार्थ राजमार्गको ठाउँठाउँमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन भएको छ । तिनाउ गाउँपालिकाको सिद्धबाबा, कदमबास, पैठेडाँडा, ड्याम साइड, गौडेपुलमा पहिरो खसेको थियो ।

पहिरोले सिद्धार्थ राजमार्ग भासियो

सिद्धार्थ राजमार्गको पक्की सडक भासिने गरी तिनाउ–३, दोभान नजिकै पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । दोभान बजारदेखि ५ सय मिटर अगाडि नागमन्दिर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिने गरी पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले बताए ।

पहिरोले कालिगण्डकी करिडोरको रिडी-रुद्रवेणी सडक अवरुद्ध

गुल्मी सडक खण्डमा पर्ने कालीगण्डकी करिडोरको रिडी-रुद्रवेणी खण्ड पहिरोले अवरुद्ध भएको छ । रिडी-रुद्रवेणी खण्डको कालिगण्डकी करिडोरमा पर्ने पुल क्याम्प नजिकै शनिबार दिउँसो सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पृथ्वी राजमार्ग सञ्‍चालन हुन अझै २ दिन लाग्‍ने

पृथ्वी राजमार्गमा पर्ने मौवा खोलाको पुल मर्मतपछि राजमार्ग सञ्‍चालन हुन अझै २ दिन समय लाग्‍ने भएको छ ।

‘कतैबाट उद्धार नहुने देखेपछि गाडी छोडेर भागेँ’

लगातारको वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो खसेको हो ।

लगातारको वर्षाले पृथ्वी राजमार्ग भत्कियो

भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको सडक भत्काएको छ ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग  अवरुद्ध बनेको छ । धादिङको गल्छि, गजुरी र बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा राजमार्ग माथिबाट पहिरो खसकाले सडक अवरुद्ध भएको हो । धादिङका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ ।