कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

जवाङ खोलाले ६ वटा गाडी बगायो
हरिहरसिंह राठौर

धादिङ — लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग  अवरुद्ध बनेको छ । धादिङको गल्छि, गजुरी र बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा राजमार्ग माथिबाट पहिरो खसकाले सडक अवरुद्ध भएको हो । धादिङका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । 

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

ठाउँठाउँमा गएको पहिरोले सवारीसाधन रोकिएका छन् । राजमार्गको माथिल्लो भागतिर खनिएको ग्रामीण सडकबाट आएको लेदोले पनि राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै जवाङ खोलामा आएको बाढीले ६ वटा गाडी बगाएको छ भने ४ वटा पुरेको छ । एसपी रेग्मीका अनुसार राजमार्ग अवरुद्ध भएकोले प्रहरी पनि घटनास्थलमा पुग्न सकेको छैन । उनका अनुसार गजुरीमा पनि १७ वर्षीया युवती बेपत्ता भएकी छन् ।

प्रकाशित : श्रावण ५, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?